स्याङ्जामा २६ करोडभन्दा बढी बेरुजु

स्याङ्जा | बैशाख १, २०८०

स्याङ्जामा २६ करोडभन्दा बढी बेरुजु फाइल तस्बिर

स्याङ्जा:  पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा आर्थिक वर्ष २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुजु देखिएको छ ।

 

महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो । 

 

यहाँ नगरपालिकामा प्रतिशतका हिसाबले धेरै चापाकोट नगरपालिका ३.०२ प्रतिशत र कम वालिङ नगरपालिका १.४६ प्रतिशत तथा पालिकामा हरिनासमा सबैभन्दा बढी ४.२६ प्रतिशत र फेदिखोलामा सबैभन्दा कम १.१३ प्रतिशत बेरुजु देखिएको छ । 

 

चापाकोट नगरपालिकामा एक अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ भने गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ३८ लाख २० हजार रुपियाँमा तीन करोड २३ लाख ८६ हजार रुपियाँ बेरुजु देखिएको हो । 

 

यस्तै, पुतलीबजार नगरपालिकामा दुई अर्ब ३८ करोड १० लाख ४८ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड २५ लाख दुई हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने भीरकोट नगरपालिकामा एक अर्ब ३३ करोड ७७ लाखको लेखापरिक्षणमा दुई करोड १९ लाख ७० हजार रुपियाँ बेरुजु देखिएको छ ।

 

वालिङ नगरपालिकामा एक अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखापरिक्षणमा दुई करोड ६३ लाख ९९ हजार रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकामध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखापरीक्षणमा तीन करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ । 

 

यस्तै, आँधीखोला गाउँपालिकामा एक अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको भने कालीगण्डकी गाउँपालिकामा एक अर्ब एक करोड ८४ लाख ३१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको छ । 

 

विरुवा गाउँपालिकामा ९८ करोड ८० लाख ९६ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८१ लाख ४० हजार बेरुजु देखिएको छ ।

 

फेदीखोला गाउँपालिकामा ९६ करोड ३३ लाख ५५ हजारको लेखापरीक्षणमा एक करोड ९ लाख ३२ हजार रुपियाँ बेरुजु देखिएको छ भने अर्जुन चौपारी गाउँपालिकामा ८२ करोड ७ लाख ४५ हजारको लेखापरीक्षणमा  एक करोड २१ लाख ५० हजार रुपियाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्